Romans 1:30 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अर्काको निन्दा गर्छन्। तिनीहरूले परमेश्वरलाई पनि घृणा गर्छन्, कसैलाई पनि इज्जत गर्दैनन् तर आफैं घमण्डले फुल्छन्, ठूलाठूला कुरा गर्छन्। अनि खराब कुराहरू खोजीखोजी निकाल्छन्। तिनीहरूले आमा-बुबाको कुरा मान्दैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र बदनाम गर्ने, परमेश्वरलाई घृणा गर्ने, ढीट, अहङ्कारी, अभिमानी, दुष्ट कुरा रचिहिँड्ने, आमा-बुबाको आज्ञापालन नगर्ने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
निन्दा गर्ने, परमेश्वरलाई घृणा गर्ने, ढीट, अहङ्कारी, घमण्डी हुन्छन्; तिनीहरू दुष्ट काम गर्न नयाँ तरिकाहरू बनाउँछन्। तिनीहरू आफ्ना आमाबुबाका आज्ञापालन गर्दैनन्।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरू आपसमा दुष्ट्याई पूर्ण कुराहरू गर्छन्। तिनीहरू परमेश्वरलाई घृणा गर्छन्। तिनीहरू रूखो, अहंकार अभिमानी, र ढीट छन्। तिनीहरूले नराम्रा कामहरू गर्ने नयाँ बाटोहरू खोजिहिड्छन्। तिनीहरूले आफ्ना माता-पितालाई पनि टेर्दैनन्।
Nepali Tamang 2011
ओच्छे स्य्हान्दोला बेइज्जत लसी भ्रबा, परमेश्वरदाएनोन हेला लबा, ङा ह्रङ्बा खालै आरे भिसी ह्राङसे ह्राङदान घ्रेन स्होबा, स्य्हान्दोदा मान आलबा, आबा आमासे कुल्बा ताम आङ्यान्ना आज्यबा गे जे लबारी छार छार ग्याम म्हाइबा,