Romans 1:32 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यस्‍ता मानिसहरू मृत्युको योग्य हुन्‍छन् भन्‍ने परमेश्‍वरको धार्मिक विधान जान्दाजान्दै पनि तिनीहरूले त्‍यस्‍तै काम गर्छन्। त्‍यति मात्र होइन, अझ उल्‍टो यस्‍ता काम गर्नेहरूलाई सुर्‍याउँछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यस्‍ता काम गर्नेहरू मृत्‍युको योग्‍य हुन्‍छन्‌ भन्‍ने परमेश्‍वरको धार्मिक-विधान जान्‍दाजान्‍दै पनि तिनीहरू यी काम गर्ने मात्र होइनन्, तर यस्‍ता गर्नेहरूसँग पूर्ण सहमत पनि हुन्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यद्यपि यस्ता काम गर्नेहरू मृत्युका योग्य हुन्छन् भन्‍ने परमेश्‍वरका धार्मिक उर्दी तिनीहरूले जान्दछन् तापनि, तिनीहरू यस्ता काम गरिरहने मात्र होइन, तर यस्ता काम गर्नेहरूलाई समर्थन पनि गर्दछन्।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले परमेश्वरको धार्मिक विधान जान्दछन्। त्यस्ता मानिसहरू मर्नै पर्छ भन्ने परमेश्वरको नियम तिनीहरू जान्दछन्। तथापि तिनीहरूले ती गल्ती कामहरू गरी मात्र रहेनन् तर अरूले त्यसो गरेको पनि ठीकै ठाने।
Nepali Tamang 2011
चुह्रङ्बा गे लबा म्‍हिगदे परमेश्‍वरला ठिम अन्‍छार सितोःबा मुला भिबा ताम थेनीगदेदा थानोन मुला, तसैनोन थेनीगदेसे चुह्रङ्बा आज्‍यबा गे लबा जे आहिन, चुह्रङ्बा आज्‍यबा गे लबा स्‍य्‍हान्‍दोदाएनोन भङ पिन्‍मुला।