Romans 1:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूले ख्रीष्‍टमाथि गरेको विश्‍वासबारे सम्‍पूर्ण दुनियाँलाई थाहा छ। यसकारण पहिले म तिमीहरू सबैका लागि येशू ख्रीष्‍टद्वारा मेरा परमेश्‍वरलाई धन्‍यवाद चढाउँछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सर्वप्रथम, म मेरा परमेश्‍वरलाई येशू ख्रीष्‍टद्वारा तिमीहरू सबैका निम्‍ति धन्‍यवाद चढ़ाउँछु, किनकि तिमीहरूका विश्‍वासको कुरा सारा संसारमा प्रचार भएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सर्वप्रथम, म मेरा परमेश्‍वरलाई येशू ख्रीष्‍टद्वारा तिमीहरू सबैका निम्ति धन्यवाद चढाउँछु। किनकि तिमीहरूका विश्‍वासका कुराहरू सारा संसारमा प्रचार भइरहेको छ।
Nepali ERV (पवित्र बाइबल)
सर्वप्रथम तिमीहरू सबै जनाको लागि येशू ख्रीष्ट द्वारा मेरो परमेश्वरलाई म धन्यवाद प्रकट गर्दछु। म मेरो परमेश्वरलाई त्यस कारणले धन्यवाद प्रकट गर्दछु कि संसारमा चारैतिर मानिसहरूले तिमीहरूको विश्वासको विषयमा प्रशंसा गरिरहेका छन्।
Nepali Tamang 2011
जम्‍मान भन्‍दा ङाच्‍छा ङाइ ङाला परमेश्‍वरदा येशू ख्रीष्‍टग्‍याम एनीगदे जम्‍मालान लागिरी धन्‍यवाद पिन्‍ना। तिग्‍दा भिसम एनीगदेसे ख्रीष्‍टदा विश्‍वास लबा ताम जम्‍बुलिङला जम्‍मान म्‍हिगदेसे थेःबा मुला।