Romans 1:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँकै पुत्रको सुसमाचार सुनाएर म हृदयदेखि नै उहाँको सेवा गर्दछु। मैले तिमीहरूलाई माया मारेको छैनँ तर सधैँ तिमीहरूका लागि प्रार्थना गरिरहेको छु। मैले भनेको कुरा साँचो हो भनेर परमेश्‍वर आफैंले गवाही दिनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म सम्‍पूर्ण हृदयले उहाँका पुत्रको सुसमाचार प्रचारमा उहाँको सेवा गर्दछु, र परमेश्‍वर मेरो साक्षी हुनुहुन्‍छ कि कसरी म निरन्‍तर मेरा प्रार्थनामा तिमीहरूलाई याद गर्दछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्‍वर, जसको सेवा म उहाँका पुत्रको सुसमाचार प्रचारमा सम्पूर्ण हृदयले गर्दछु, उहाँ नै मेरो साक्षी हुनुहुन्छ कि कसरी म सधैँ मेरा प्रार्थनामा तिमीहरूलाई याद गर्दछु
Nepali Tamang 2011
ङाइ सदन प्रार्थना लबा धुइरी एनीगदेदा गाते ढन्‍बा मुला भिबा ताम परमेश्‍वरदान था मुला। ङाइ थेनोन परमेश्‍वरला झाला समाचार थेःना लसी थेदा सेमहेन्‍सेन तेन्‍बा मुला।