Romans 10:19 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसो भए के इस्राएलीहरूले यो सुसमाचार बुझेनन् र? बुझ्‍न त बुझे, तर टेरेनन्। परमेश्‍वरले अघि मोशाद्वारा तिनीहरूलाई भन्‍नुभएको थियो, “जो एक जाति नै होइन, तिनीहरूलाई छानेर म तिमीहरूलाई तिनीहरूप्रति इख गर्ने तुल्‍याउँछु। अबुझ जातिहरूलाई मुक्ति देखाएर म तिमीहरूको रिस उठाउँछु,।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म फेरि सोध्‍छु, “के इस्राएलले बुझेन?” सर्वप्रथम मोशाले भन्‍छन्, “जो एक जाति नै होइन, म तिमीहरूलाई तिनीहरूप्रति डाही तुल्‍याउनेछु, एउटा मूर्ख जातिद्वारा म तिमीहरूलाई क्रुद्ध तुल्‍याउनेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म फेरि सोध्न चाहन्छु: के इस्राएलीहरूले यो कुरा बुझेनन् त? सर्वप्रथम, मोशाले भन्दछन्; “जो एक जाति होइन, त्यसद्वारा म तिमीहरूलाई ईर्ष्यालु बनाउनेछु; समझशक्ति नै नभएको जातिद्वारा म तिनीहरूलाई रिस उठाउनेछु।”
Nepali ERV (पवित्र बाइबल)
फेरि म सोध्छु, “के इस्राएलका मानिसहरूले बुझेनन्?’हो तिनीहरूले बुझे। मोशा पहिले परमेश्वरका कुरा भन्छन् “म ती मानिसहरूलाई प्रयोग गरेर तिनीहरूमा इर्ष्या उत्पन्न गराउँछु, जो एक जाति होइन। एउटा मूर्ख जातिलाई प्रयोग गरेर म तिमीहरूलाई क्रुद्ध बनाउँछु।” व्यवस्था 32:21
Nepali Tamang 2011
ङाइ दोःसीनोन ङ्‌योइला, “तिग इस्राएलीगदेसे आघोनी?” परमेश्‍वरसे मोशाग्‍याम ङाच्‍छान थेनीगदेदा “जुन म्‍हि खजिबै य्‍हुलला आहिन मुबा, थेनोन य्‍हुलला म्‍हिदा धम्‍सी ङाइ एनीगदेला सेमरी डाह तना लला। ओच्‍छे आघोबा मूर्ख म्‍हिगदेदा थार्ना लसी ङाइ एनीगदेदा बोमो खना लला” भिसी सुङ्बा मुबा।