Romans 10:20 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरले भन्नुभएको कुरा अगमवक्ता यशैया अझ सुरिएर लेख्दछन्, “मलाई खोज्दै-नखोज्नेहरूले मलाई भेटे र दर्शन माग्दै नमाग्नेहरूकहाँ म देखा परें,।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब यशैयाले साहसपूर्वक भन्दछन्, “मलाई नखोज्नेहरूले मलाई भेट्टाएका छन्, जसले मेरो खोजी गरेनन् तिनीहरूका माझमा मैले आफैलाई प्रकट गरेकोछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब यशैयाले ठूलो साहससहित भन्दछन्, “जसले मलाई खोजेका थिएनन्, तिनीहरूले मलाई भेट्टाएका छन्; जसले मेरो खोजी नै गरेका थिएनन्, तिनीहरूको माझमा मैले आफूलाई प्रकट गरेको छु।”
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि यशैया अझ निर्भयताका साथ परमेश्वरलाई भन्छन् “जुन मानिसहरूले मलाई खोज्दै खोजेका थिएनन्, तिनीहरूले मलाई पाए। जसले मलाई सोध्दै सोधेका थिएनन्, म तिनीहरूकहाँ प्रकट भएँ।” यशैया 65:1
Nepali Tamang 2011
परमेश्वरसे सुङ्बा ताम अझ आँट लसी यशैया अगमवक्तासे चुह्रङ् लसी भ्रिबा मुला, “ङादा म्हाइनोन आम्हाइबागदेसे ङादा स्याप्बा मुला, ओच्छे जुन म्हिसे ङादा आम्हाइनी थेनीगदेला गुङरी ङा ह्राङनोन थोन्जी”