Romans 10:3 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने परमेश्वरले मानिसलाई आफ्नो सामु ठीक ठहराउनुहुने तरिकाको वास्ता तिनीहरूले गरेनन्। तर तिनीहरू आफ्नै तरिकाले परमेश्वरको सामु ठीक ठहरिन खोज्छन्। यसो हुँदा परमेश्वरको ठीक ठहराउने तरिकाअनुसार तिनीहरूले आफैंलाई उहाँमा सुम्पिएनन्
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने परमेश्वरबाट आउने धार्मिकताको विषयमा नजानेर तिनीहरूको आफ्नै धार्मिकता स्थापित गर्न खोज्दा तिनीहरू परमेश्वरका धार्मिकताको अधीनमा रहेनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि परमेश्वरको धार्मिकतालाई नजानेर तिनीहरूले आफ्नै धार्मिकता स्थापना गर्न खोजे। तिनीहरूले आफैँलाई परमेश्वरको धार्मिकताको अधीनमा समर्पित गरेनन्।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले धर्मी बनाउने परमेश्वरको बाटो चिनेनन्। तिनीहरूले आफ्नै तरिकाबाट धार्मिक बन्न खोजे अनि त्यसैले मानिसहरूलाई धर्मी बनाउने परमेश्वरको बाटो तिनीहरूले स्वीकार गरेनन्।
Nepali Tamang 2011
तिग्दा भिसम परमेश्वरसे थेनीगदेदा ह्राङदा सेम निबा म्हि स्होला भिबा ताम था आयाङ्ना, थेनीगदे ह्राङलान गेग्याम परमेश्वरदा सेम निबा म्हि दोबारी म्हाइजी। तर थेनीगदे परमेश्वरसे ह्राङदा सेम निबा म्हि स्होला भिबा तामला तहरी आचिनी।