Romans 10:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर यसले के भन्‍छ? “मुक्तिको वचन तिमीहरूको नजिकै छ। यो तिमीहरूकै मुख र हृदयमा छ,।” हामीले विश्‍वासको बारेमा प्रचार गरेको सुसमाचार यही कुरा नै हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर यसले के भन्‍छ? “वचन तिम्रो नजिकै छ, तिम्रो मुखैमा र तिम्रो हृदयमा,” अर्थात्‌ विश्‍वासको वचन, जो हामी प्रचार गर्दछौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर धर्मशास्त्रले के भन्छ? “वचन तिम्रो नजिक छ; तिम्रो मुखैमा छ, र तिम्रो हृदयमा छ,” अर्थात् त्यही विश्‍वासको वचन, जसलाई हामी घोषणा गर्दैछौँ।
Nepali ERV (पवित्र बाइबल)
धर्मशास्त्रले यसरी भन्छः “परमेश्वरको शिक्षा तिमीहरूको नजिक छ, त्यो तिम्रो मुखमा र तिम्रो हृदयमा छ।” यो शिक्षा विश्वासको शिक्षा हो जुन हामी प्रचार गर्छौं।
Nepali Tamang 2011
तर चु बचनसे तिग पाङ्बा मुला? “परमेश्‍वरला बचन एनीगदेदेन छ्‌यामनोन मुला। ओच्‍छे एनीगदेला सेमदेन सुङरीन मुला।” ङन्‍से थेःना लबा चुनोन बचनसे म्‍हिगदेदा विश्‍वास लबारी ङ्‌योइबा मुला।