Romans 11:12 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलीहरूले अविश्वास गर्दा त अन्यजाति लगायत पूरै संसार मुक्तिको धनी भयो भने तिनीहरू सबैले विश्वास गरे भने झन् कस्तो होला?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब यदि तिनीहरूको अपराध संसारको निम्ति सम्पत्ति र तिनीहरूको असफलताचाहिँ अन्यजातिहरूका निम्ति सम्पत्ति हुने हो भनेता तिनीहरूको पूर्ण समावेश झन् कति अर्थपूर्ण होला!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यदि तिनीहरूका अपराध संसारको निम्ति सम्पत्ति र तिनीहरूका पतन गैरयहूदीहरूको निम्ति सम्पत्ति ठहरिन्छ भने तिनीहरूका पुनर्स्थापनाले झन् कति धेरै वैभव ल्याउला!
Nepali ERV (पवित्र बाइबल)
यहूदीहरूको ठोक्करले संसारलाई ठूलो आशिष ल्याएको छ, अनि तिनीहरूले जे गुमाए त्यसले गैर-यहूदीहरूलाई ठूलो आशिष ल्याएको छ। यसकारण कल्पना गर परमेश्वरले तिनीहरूलाई जस्तो हुनु चाहनुहुन्छ तो त्यस्तै भइदिए संसारले कति महान् आशिष पाउने थियो!
Nepali Tamang 2011
इस्राएलीगदेसे पाप लबासे लमा अर्गु य्हुलला म्हिदेन जम्बुलिङला जम्मान म्हिगदेसे मोलम याङ्जी। थेनीगदे परमेश्वरसे कुल्बा अन्छार भ्रआखम्बासे लमा अर्गु य्हुलला म्हिगदेसे थार्बा याङ्जी भिसम झन इस्राएलीगदेसेनोन परमेश्वरसे कुल्बा ताम ङ्यान्बा हिन्सम गाते ल्हानान मोलम याङ्सेला मुबा।