Romans 11:16 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यदि रोटी हाल्न मुछेको पिठोबाट केही भाग परमेश्वरलाई चढाइयो भने त्यसको भागबाट हालेको रोटी जम्मै चढाएको जत्तिकै हुन्छ। त्यस्तै रूखको जरा पवित्र छ भने सबै हाँगा पनि पवित्र हुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि मुछेको पीठोको एक अंश प्रथम-भेटीको रूपमा अर्पण गरिएको छ भने, समस्त ढिका पवित्र हुन्छ। यदि जरा पवित्र छ भने हाँगाहरू पनि पवित्र हुन्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि मुछेको पिठोको केही भाग प्रथम भेटीको रूपमा चढाउँदा पवित्र हुन्छ भने पिठोको जम्मै भाग पवित्र हुन्छ। यदि जरा पवित्र छ भने हाँगाहरू पनि पवित्र हुन्छन्।
Nepali ERV (पवित्र बाइबल)
यदि रोटीको पहिलो टुक्रा परमेश्वरलाई अर्पण गरे, जम्मै रोटी पवित्र हुन्छ। यदि एउटा रूखका जराहरू पवित्र छन् भने त्यसका हाँगाहरू पनि पवित्र हुनेछन्।
Nepali Tamang 2011
चुदे गेङ ख्राङ्बारी ज्योप्बा ब्राग्याम जजाकी परमेश्वरदा फुल्जी भिसम थे गेङ ख्राङ्बारी ज्योप्बा जम्मान ब्रा चोखो तला। थेह्रङ् लसीन दोङला टा ज्यबा मुसम थे दोङला हाँगाएनोन ज्यबा तला।