Romans 11:17 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस्‍तै कति हाँगा भाँचिएर गएझैँ कति यहूदी पनि परमेश्‍वरलाई छोडेर गए। तर तिमी अन्यजातिचाहिँ जङ्गली जैतुनको कलमी रोपिएको जैतुनको हाँगासँग बाँधिएझैँ भएर जोरिएका छौ। तर पनि अब तिमीहरूले एउटै फेदबाट शक्ति र जीवनको रस पाउँछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर यदि कुनै हाँगाहरू काटिए र असल जैतूनको जराको रस-भण्‍डारमा सहभागी हुनलाई तिमी एक जङ्गली जैतून भएर पनि तिनीहरूको ठाउँमा कलमी बाँधियौ भने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि केही हाँगाहरू काटिएका छन् र तिमी, जो जङ्गली जैतुन हौ, ती रूखमा कलमी गरिएका छौ; अनि जैतुनको रूखको जराबाट प्राप्‍त पोषिलो रसमा अहिले भागीदार बनेका छौ भने,
Nepali ERV (पवित्र बाइबल)
भद्रक्षको रूखको केही हाँगाहरू भाँचिएका थिए। अनि जंङ्गली भद्राक्षको हाँगा (जस्तो गैर-यहूदी) तिमीहरू त्यस भद्राक्षको हाँगाहरूमा कलमी बाँधिएकाहरू थियौ। अब त्यसै भद्राक्ष रूखको शक्ति र जीवनको साझेदारी तिमीहरूले गर्नेछौ।
Nepali Tamang 2011
थेह्रङ् लसीन दोङला हाँगा क्‍युइसी निबा ह्रङ् लसी गाते इस्राएलीगदेसेनोन परमेश्‍वरदा ख्‍लासी निबा मुला। तर एनी अर्गु य्‍हुलला म्‍हिगदे चा ह्रिरी खबा जैतूनना हाँगा दिमरी मुबा जैतूनना दोङरी थुइबा ह्रङ् लसी थुइबा मुला। दाहेन्‍से एनीगदे टा गिकग्‍यामसेन शक्ति याङ्सी सोला।