Romans 11:18 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसकारण तिमीले ती भाँचिएर गएका हाँगाजस्‍ता इस्राएलीहरूलाई घृणा गर्नुहुँदैन अनि तिनीहरूभन्दा आफैंलाई असल नसम्‍झ किनभने तिमीहरू हाँगा मात्र होइनौ, तिमीहरूले जरालाई थामेका छैनौ; तर जराले तिमीहरूलाई थामेको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती हाँगाहरूका सामु घमण्‍ड नगर। यदि घमण्‍ड नै गर्नु हो भने, यो याद राख, कि जरालाई थाम्‍ने तिमी होइनौ, तर जराले पो तिमीलाई थाम्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आफैँलाई ती हाँगाहरू भन्दा श्रेष्‍ठ नठान। यदि यसो गर्छौ भने यो बुझ, कि जरालाई थाम्ने तिमी होइनौ, तर जराले पो तिमीलाई थामेको हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
यसैले भाँचिएका हाँगाहरू भन्दा ठूला बन्ने घमण्ड नगर। तिमीहरूले घमण्ड गर्ने कुनै कारण छैन। किन? तिमीहरूले त्यो जरामा प्राण भर्दैनौं। त्यो जराले पो तिमीहरूलाई प्राण दिन्छ।
Nepali Tamang 2011
थेतबासेलमा एसे थे क्‍युइसी निबा हाँगा ह्रङ्‌बा इस्राएलीगदेदेन छ्‌याम घमण्‍ड थालउ। चुदे घमण्‍डन लबा हिन्‍सम चु ताम ढन्‍गो, तिग्‍दा भिसम ए चा हाँगा जे हिन्‍ना, एसे टादा ताबा आहिन। तर टासे चा एदा ताबा हिन्‍ना।