Romans 11:22 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वर कति दयालु र कति कठोर पनि हुनुहुन्छ, विचार गरिहेर। उहाँ विश्वास नगर्नेहरूका लागि कठोर हुनुहुन्छ। तर तिमीहरू उहाँको अनुग्रहमा शरण लिएर बसिरह्यौ भने उहाँ दयालु हुनुहुनेछ। नत्र तिमीहरू काटिएका हाँगाझैँ फालिनेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण परमेश्वरको दया र कठोरतालाई ध्यानमा राख— पतन भएकाहरूमाथि कड़ा व्यवहार, तर उहाँकै दयामुनि रहिरह्यौ भने तिमीलाई परमेश्वरको दया देखाइनेछ, नत्रता तिमी पनि काटिनेछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण परमेश्वरको दया र कठोरतामा ध्यान देऊ: पतन भएकाहरूलाई कठोरता, तर यदि तिमीहरू उहाँको दयामा स्थिर बस्यौ भने तिमीहरूलाई दया; नत्रता तिमीहरू पनि काटिनेछौ।
Nepali ERV (पवित्र बाइबल)
यसकारण बुझ, परमेश्वर कति दयालु हुनुसक्नु हुन्छ, तर साथै बुझ, परमेश्वर कठोर पनि हुन सक्नुहुन्छ, जसले परमेश्वरको बाटो पछ्याउन छाड्छ उसित उहाँ कठोर हुनुहुन्छ। तर तिमी उहाँका दयाभित्र रहिरह्यौ भने परमेश्वर दयालु हुनुहुन्छ। तर तिमीले त्यसो गरेनौ भने तिमी रूखका हाँगाहरू काटिए झौं, काटिने छौ।
Nepali Tamang 2011
थेतबासेलमा परमेश्वरसे गाते ल्हानान दया लमुला भिबादेन गाते खरो व्यवहार लमुला भिबा ताम एनीगदेसे था याङ्सी जिन्बा मुला। थेदा विश्वास आलबागदेदा थेसे खरो व्यवहार लजी। तर थेदा विश्वास लबा एनीगदेदा परमेश्वरसे दया लजी। तर एनीगदेसे थेला दयादा म्लेःजी भिसम एनीगदेदाएनोन थासी भ्याङ्ला।