Romans 11:24 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अरू जातिका मानिस तिमीहरूचाहिँ जङ्गली जैतुनको रूखबाट काटिल्याएका हाँगाजस्तै छौ। त्यसो हुँदा स्वभावअनुसार नमिल्ने भए पनि बारीमा लगाएको जैतुनको हाँगामा गाँसिएका छौ। इस्राएलीहरूचाहिँ बारीमा भएको जैतुनको हाँगाजस्तै हुन्। यसो हुँदा तिनीहरूलाई फेरि ल्याएर जोर्नु परमेश्वरको लागि झन् सजिलो हुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने यदि तिमी प्राकृतिक जङ्गली जैतून भएर पनि काटियौ र प्रकृतिको विरुद्ध एउटा असल जैतूनको बोटमा कलमी बाँधियौ भनेता यी प्राकृतिक हाँगाहरू आफ्नै निज जैतूनकै रूखमा झन् कति बढ़ी कलमी बाँधिएलान्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि तिमी जैतुनको रूखबाट काटियौ, जुन स्वभाविक रूपमा जङ्गली हो अनि प्रकृतिविरुद्ध हुँदा-हुँदै पनि रोपिएको जैतुनको रूखमा कलमीद्वारा गाँसियौ भने झन् यी स्वभाविक जैतुनका हाँगाहरू आफ्नै जैतुनका रूखमा कति सहजै गाँसिएलान्!
Nepali ERV (पवित्र बाइबल)
एउट असल भद्राक्षको रूखमा जंगली भद्राक्ष का हाँगाहरू कलम सार्नु प्राकृति कुरो होइन। तर तिमी गैर-यहूदीहरू जगंली भद्राक्ष रूखका हाँगाहरू जस्ता हून्। यसकारण निःसन्देह तिनीहरू मूल रूखमा कलमी सार्न सकिन्छ।
Nepali Tamang 2011
अर्गु य्हुलला म्हि एनीगदे चा ह्रिरी खबा जैतूनना दोङग्याम थासी भबा हाँगा ह्रङ्बान हिन्ना। ह्रिरी खबा जैतूनदेन दिमरी मुबा जैतून आढिक्सैनोन एनीगदेदा दिमरी मुबा जैतून दोङला हाँगारी थुइबा मुला। इस्राएलीगदे चा दिमरी मुबा जैतूनना हाँगा ह्रङ्बान हिन्ना। थेतबासेलमा थेनीगदेदा दोःसी भसी थुइबारी परमेश्वरदा झन सजिलो तला।