Romans 11:25 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाजुभाइहरू हो, एउटा रहस्‍य तिमीहरूलाई थाहा होस् भन्‍ने म चाहन्‍छु। त्‍यो तिमीहरूलाई थाहा भयो भने तिमीहरूले आफ्‍नै लागि घमण्‍ड गर्नेछैनौ। यो रहस्‍य यस्‍तो छ, आउनुपर्ने जति अन्यजातिहरू ख्रीष्‍टमा नआउञ्‍जेल मात्र इस्राएलीहरूको हृदय कठोर हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भाइ हो, आफ्‍नै अभिमानमा तिमीहरू बुद्धिमान्‌ हुन खोज्‍छौ कि भनेर तिमीहरू यो रहस्‍य बुझ भन्‍ने म चाहन्‍छु, कि अन्‍यजातिहरूको संख्‍या पूर्ण नभएसम्‍म इस्राएलीहरूको एक अंशमा कठोरता आएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरू यो रहस्यमय सत्य कुरामा अनजान रहो भन्‍ने म चाहन्‍नँ, ताकि आफ्नै अभिमानमा तिमीहरू बुद्धिमान् नहोओ: इस्राएलका केही मानिसहरूको हृदय कठोर छ, तर यो गैरयहूदीहरूको पूरा संख्या ख्रीष्‍टमा नआउन्जेलसम्म मात्र हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
दाज्यु-भाइहरू र दिदी-बहिनीहरू, म तिमीहरूलाई यो गुप्त कुरा बताउन चाहन्छु। यसले तिमीहरूलाई नबुझेका सबै कुराहरू बुझ्नमा सहयोग गर्नेछ। सत्य यो होः इस्राएलको एउटा भाग हठी भयो। तर त्यो परिवर्तन हुन सक्नेछ जब प्रशस्त अयहूदीहरू परमेश्वरकहाँ आउँदछन्।
Nepali Tamang 2011
ज्‍योज्‍यो आले नाना आङागदे, परमेश्‍वरला सेमला ताम एनीगदेसेनोन था याङ्‌गै भिबा ङाला सेम मुला। थे ताम था याङ्जी भिसम एनीगदेसे ह्राङसे ह्राङदान घ्रेन म्‍हि आस्‍हो। थे ताम चा चुनोन हिन्‍ना, परमेश्‍वरला लागिरी ख्रीष्‍टदा विश्‍वास लबा अर्गु य्‍हुलला म्‍हिगदे आछ्‌योतेधोना जे इस्राएलीगदेला सेम कोङ्ला।