Romans 11:28 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सुसमाचारमा विश्वास नगरेकोले नै कोही इस्राएलीहरू परमेश्वरका शत्रु भएका हुन्। त्यसले गर्दा तिमीहरूलाई चाहिँ फाइदा भएको हो अनि परमेश्वर आफैंले छान्नुभएको हुनाले र पुर्खाहरूको कारणले गर्दा परमेश्वरले तिनीहरूलाई प्रेम गर्नुहुन्छ
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सुसमाचारको हिसाबले त तिनीहरू तिमीहरूका खातिर परमेश्वरका शत्रुहरू हुन्, तर चुनाउको हिसाबले चाहिँ पूर्वजहरूका खातिर तिनीहरू प्रियहरू हुन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सुसमाचारको दृष्टिमा तिनीहरू तिम्रा लागि परमेश्वरका दुश्मन हुन्; तर परमेश्वरको चुनावको दृष्टिबाट तिनीहरू आफ्ना पुर्खाको कारण अति प्रिय छन्।
Nepali ERV (पवित्र बाइबल)
यहूदीहरू सुसमाचार ग्रहण गर्न अस्वीकार गर्छन्, यसकारण तिनीहरू परमेश्वरका शत्रुहरू हुन्। यो तिमी गैर-यहूदीहरूलाई सहायता गर्नको लागि भएको हो। तर तिनीहरू चुनिएका मानिसहरू हुनाको कारण परमेश्वरले अझ पनि प्रेम गर्नुहुन्छ। किनभने तिनीहरूका पिताहरूलाई वचन दिनुभएको थियो।
Nepali Tamang 2011
एनी अर्गु य्हुलला म्हिगदेला गुङरी थार्बा पिन्बा समाचार धोबाला लागिरी इस्राएलीगदे परमेश्वरला शत्रु दोबा हिन्ना। तर थेनीगदेला आखे म्हेमेसे लमा अझ थेनीगदे परमेश्वरसे धम्बा म्हि हिन्ना। ओच्छे थेनीगदेदा परमेश्वरसे माया लमुला।