Romans 11:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धर्मशास्‍त्रमा पनि लेखिएको छ, “परमेश्‍वरले तिनीहरूलाई निद्राजस्‍तै थाहा नपाउने आत्‍मा दिनुभयो। अनि देख्‍तै नदेख्‍ने आँखा र सुन्‍दै नसुन्‍ने कान दिनुभयो र तिनीहरू अहिलेसम्‍म त्‍यस्‍तै दशामा छन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जस्‍तो लेखिएको छ: “परमेश्‍वरले तिनीहरूलाई चेतनाहीन आत्‍मा दिनुभएको छ। यस्‍ता आँखा दिनुभएको छ जसले नदेखून्‌ र यस्‍ता कान जसले नसुनून्, र आजको दिनसम्‍म पनि तिनीहरू यस्‍तै छन्,”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी लेखिएको छ: “परमेश्‍वरले तिनीहरूलाई मन्द आत्मा दिनुभयो, आँखाहरू, जसले देख्न सकेनन् अनि कानहरू, जसले सुन्‍न सकेनन्, आजसम्मै तिनीहरू यस्तै छन्।”
Nepali ERV (पवित्र बाइबल)
जस्तो धर्मशास्त्रमा लेखिएको छः “परमेश्वरले मानिसहरूका इन्द्रियलाई चेतनाहीन बनाइदिनु भयो।” यशैया 29:10 “परमेश्वरले तिनीहरूका आँखा बन्द गरिदिनु भयो ताकि तिनीहरूले देख्न नसकून। उहाँले तिनिहरूका कान बन्द गरिदिनु भयो ताकि तिनीहरूले सुन्न नसकून्। अझसम्म त्यही भइरहेछ।” व्यवस्था 29:4
Nepali Tamang 2011
परमेश्‍वरला बचनरीनोन चुह्रङ् भिसी भ्रिबा मुला, “परमेश्‍वरसे थेनीगदेदा तिगै ताम घोबारी आखम्‍बा आत्‍मा पिन्‍बा मुला, ओच्‍छे म्राङ्नोन आम्राङ्बा मीदेन थेःनोन आथेःबा नाब्‍यङ पिन्‍बा मुला, दान्‍देधोनाएनोन थेनीगदे थेह्रङ्बान मुला।”