Romans 12:19 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्‍यारा दाजुभाइहरू, कहिल्‍यै पनि कसैसँग बदला नलिनू। तर रिस देखाउने काम परमेश्‍वरलाई नै गर्न दिनू किनभने धर्मशास्‍त्रमा लेखिएको छ, “न्‍याय गर्ने काम मेरो हो। म नै बदला लिनेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
प्रिय हो, आफैले कहिल्‍यै बदला नलेओ, तर परमेश्‍वरको क्रोधमा छोडिदेओ। किनभने, लेखिएको छ, “बदला लिने काम मेरो हो, म नै बदला लिनेछु,” परमप्रभु भन्‍नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरा प्रिय मित्रहरू, बदला नलेओ; तर परमेश्‍वरको क्रोधका लागि छोडिदेओ। किनकि यसरी लेखिएको छ: “बदला लिने काम मेरो हो, म बदला लिनेछु,” परमप्रभु भन्‍नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
हे मेरा मित्रहरू, तिमीहरूलाई नराम्रो गर्नेलाई दण्ड दिने कोशिश नगर। परमेश्वरलाई पर्ख, उहाँले क्रोधको बेलामा तिनीहरूलाई दण्ड दिनुहुनेछ। लेखिएको छः “दण्ड दिने काम मेरो हो, म साटो फेर्ने छु।” परमप्रभु भन्नुहुन्छ।
Nepali Tamang 2011
ङाला सेम निबा ह्रोगदे, एनीगदे ह्राङसे खाइमै खालैदेन छ्‍याम बदला थाकिन्‍गो, तर परमेश्‍वरदान जिम्‍मा पिन्‍गो। तिग्‍दा भिसम बचनरीनोन चुह्रङ् भिसी भ्रिबा मुला, “बदला किन्‍बा गे ङाला हिन्‍ना, ङाइनोन थेनीगदेदा बदला किन्‍ना” भिसी परमप्रभुसे सुङ्बा मुला।