Romans 12:3 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरले मलाई अनुग्रह देखाउनुभएकोले म तिमीहरू सबैलाई भन्‍दै छु, आफूलाई ठूलो नठान तर परमेश्‍वरले दिनुभएको विश्‍वासको मात्राअनुसार आफू जस्‍ता छौ, त्‍यस्‍तै ठान।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने मलाई दिइएको अनुग्रहद्वारा तिमीहरूमध्‍ये हरेकलाई म आग्रह गर्दछु, जसले आफूलाई जस्‍तो सम्‍झनुपर्छ त्‍यसभन्‍दा बढ़ी नसम्‍झोस्, तर परमेश्‍वरले हरेकलाई दिनुभएको विश्‍वासको नापबमोजिम सन्‍तुलित विचारले सोचोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि परमेश्‍वरले मलाई दिनुभएको अनुग्रहद्वारा म प्रत्येकलाई भन्दछु, आफूलाई ठूलो नठान, तर परमेश्‍वरले तिमीहरू प्रत्येकलाई दिनुभएको विश्‍वासअनुसार नै आफूलाई शान्त भएर जाँच।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले मलाई अनुग्रहको वरदान दिनुभएकोछ, म तिमीहरू सबैलाई भन्छु आफू जे छौ त्यो भन्दा बढता आफूलाई नसंझौं। परमेश्वरले दिनुभएको विश्वासको आधारमा तिमी वास्तवमा बाँचिरहेकाछौ त्यो स्वयं हेर।
Nepali Tamang 2011
ङाथोरी परमेश्‍वरला दयामाया मुबासे लमा एनीगदे जम्‍मादान ङाला चु बिन्‍ती मुला, एनीगदेसे ह्राङसे ह्राङदान घ्रेन थाम्‍हन्‍गो। तर परमेश्‍वरसे पिन्‍बा विश्‍वास अन्‍छार ह्राङ खाह्रङ्बा मुला थे भन्‍दा घ्रेन दोबारी थाम्‍हाइगो।