Romans 12:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण परमेश्‍वरले आफ्‍नो अनुग्रहले हामीलाई दिनुभएका बेग्‍लाबेग्‍लै दानअनुसार उहाँका कामहरू गरौं। परमेश्‍वरको तर्फबाट बोल्‍न सक्‍नेले आफ्‍नो विश्‍वासअनुसार उहाँकै तर्फबाट बोलौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हामीलाई दिइएको अनुग्रहअनुसार अलग-अलग वरदानहरू हामी प्रयोग गरौं। अगमवाणीको हो भने, विश्‍वासको परिमाणअनुसार,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामीलाई दिइएको अनुग्रहअनुसार हामीसँग विभिन्‍न वरदानहरू छन्। यदि कसैको अगमवाणी गर्ने वरदान छ भने त्यसले आफ्नो विश्‍वासअनुसार अगमवाणी गरोस्।
Nepali ERV (पवित्र बाइबल)
हामी सबैसँग विभिन्न वरदानहरू छन्। हरेक वरदान परमेश्वरको अनुग्रहबाट आएको छ। यदि कसैसँग अगमवाणी गर्ने वरदान छ भने उसले आफ्नो विश्वासको अनुसार त्यसको उपयोग गर्नुपर्छ।
Nepali Tamang 2011
थेतबासेलमा परमेश्‍वरसे दयामाया लसी य्‍हाङदा पिन्‍बा थरी थरीला मोलमगदे अन्‍छार य्‍हाङसे गे लइ। अगमवाणी पाङ्बा मोलम याङ्बा म्‍हिसे ह्राङला विश्‍वास अन्‍छार पाङ्‌गै,