Romans 12:8 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ठीक बाटोमा हिंड्न सल्लाह दिन सक्नेले सल्लाह देओस्। खाँचोमा परेकालाई दिनेले खुल्ला मनले देओस्। काम मिलाउनेले सक्दो चाँडै मिलाइहालोस् र दया देखाउनेले खुसीसाथ दया देखाओस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अर्ती दिनेले अर्ती दिने काममा, दान दिनेले उदारचित्तले, शासन गर्नेले दत्तचित्तसाथ, कृपाको काम गर्नेले खुशीसित।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि उत्साह दिने हो भने त्यसले उत्साह दिइरहोस्; यदि दान दिने वरदान हो भने उदारतासाथ देओस्; यदि अगुवाइ गर्ने वरदान हो भने परिश्रमसाथ अगुवाइ गरोस्; यदि कृपा देखाउने हो भने प्रसन्नतासाथ कृपा देखाओस्।
Nepali ERV (पवित्र बाइबल)
यदि कसैसँग उत्साहको वरदान छ भने उसले अरू मानिसलाई उत्साह दिनुपर्छ। यदि कसैसँग अरूलाई सहयोग गर्ने वरदान छ भने उसले उदारतापूर्वक सहयोग गर्नुपर्छ। यदि कसैसँग नेतृत्व गर्ने वरदान छ भने उसले प्रवीणतापूर्वक नेतृत्व दिनुपर्छ। यदि कसैसँग दया देखाउने वरदान छ भने उसले खुशीको साथमा अरूलाई दया देखाउनु पर्छ।
Nepali Tamang 2011
स्य्हान्दोदा आँट पिन्बा मोलम याङ्बा म्हिसे आँट पिन्गै, स्य्हान्दोदा दान पिन्बा मोलम याङ्बा म्हिसे सेमहेन्सेन ताङ्सी पिन्गै, शासन लबा मोलम याङ्बा म्हिसे ज्यना लसी शासन लगै ओच्छे दया लबा मोलम याङ्बा म्हिसे सेमहेन्सेन ताङ्सी दया लगै।