Romans 13:1 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सबैले आफ्नो सरकारलाई मान्नुपर्दछ किनभने परमेश्वरको इच्छाबिना कुनै सरकार टिक्न सक्दैन। सबै सरकारलाई परमेश्वरले नै खटाउनुभएको हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हरेक व्यक्ति शासन गर्ने प्रशासकहरूका अधीनमा बसोस्। परमेश्वरबाट आएको अधिकारबाहेक अरू कुनै अधिकार हुँदैन। जुन प्रशासकहरू छन्, ती परमेश्वरबाटै नियुक्त भएका हुन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रत्येक व्यक्ति राज्यका अधिकारीहरूप्रति आज्ञाकारी होओ। किनकि परमेश्वरले नियुक्त गर्नुभएको अधिकारीबाहेक अरू कुनै अधिकारी हुँदैन। वर्तमान अधिकारीहरू सबै परमेश्वरबाटै नियुक्त भएका हुन्छन्।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू सबैले शासकहरूको आज्ञा मान्नु पर्छ। किनभने शासकहरूलाई अधिकार दिने परमेश्वरनै हुनुहुन्छ। अनि अहिले शासन गर्नेहरू परमेश्वरबाट नियुक्त गरिएका हुन्।
Nepali Tamang 2011
शासन लबा म्हिगदेसे कुल्बा ताम जम्मासेन ङ्यान्तोःमुला। तिग्दा भिसम परमेश्वरसे शासन लबा हक आपिन्नी भिसम खालैसेन शासन लबारी आखम। शासन लबा जम्मान म्हिगदेदा परमेश्वरसेन धम्बा हिन्ना।