Romans 13:11 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
याद राख, कस्तो समय आउन लागेको छ। तिमीहरूलाई पनि थाहै छ, अब तिमीहरूले निद्रा त्यागेर उठ्ने बेला आएको छ। हामीले पहिले विश्वास गरेको बेलाभन्दा पनि अब हामीलाई पूरा मुक्ति हुने बेला झन् नजिक आएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसबाहेक यो वर्तमान समय कस्तो छ, सो तिमीहरूलाई थाहा छ। अब निद्राबाट ब्यूँझने ठीक बेला आइपुगेको छ, किनकि हामीले पहिले विश्वास गरेको भन्दा अहिले हाम्रो मुक्ति अझ नजिक छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
वर्तमान समयलाई बुझ्दै यसो गर: तिम्रो लागि निद्राबाट जाग्ने समय अगिबाट नै आइसकेको छ। किनकि हामीले पहिला विश्वास गरेको समयभन्दा हाम्रो मुक्ति अझ नजिक आइपुगेको छ।
Nepali ERV (पवित्र बाइबल)
मेरो भनाइको कारण यो हो कि हामी अप्ठ्यारो समयमा बाँचिरहेछौं। हो, अब निद्राबाट ब्यूँझिने तिम्रो समय आएको छ। किनभने जति बेला हामीले विश्वास गर्यौं त्यस बेला भन्दा अहिले हाम्रो मुक्ति हामी नजिक भएको छ।
Nepali Tamang 2011
चु जे आहिन, चु धुइ चा य्हाङ म्हेर्बाग्याम रेःतोःबा धुइ हिन्ना भिबा ताम एनीगदेदा थानोन मुला। तिग्दा भिसम ङाच्छा य्हाङसे विश्वास लबा धुइरी भन्दा झन दान्दे थार्बा याङ्बा धुइ तसी जिन्बा मुला।