Romans 13:3 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने सरकारदेखि त असल काम गर्नेहरूले होइन तर खराब काम गर्नेहरूले नै डराउनुपर्दछ। के तिमीहरू सरकारदेखि निडर हुन चाहन्‍छौ? त्‍यसो भए असल काम गर र तिमीहरूले उनीहरूबाट स्‍याबासी पाउनेछौ
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने सुकर्मको निम्‍ति होइन, तर कुकर्मको निम्‍ति शासकहरूको डर मानिन्‍छ। के तिमी प्रशासकको डरमा रहन चाहँदैनौ? त्‍यसो भए, असल काम गर, र तिमीलाई तिनीबाट प्रशंसा मिल्‍नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि शासकहरू उचित काम गर्नेका निम्ति होइन, तर अनुचित काम गर्नेका निम्ति डरका कारण हुन्। अधिकारीको डरबाट तिमी स्वतन्त्र हुन चाहन्छौ? त्यसो भए उचित काम गर, र तिम्रो अधिकारीहरूबाट प्रशंसा पाउनेछौ।
Nepali ERV (पवित्र बाइबल)
ज-जसले उचित काम गर्दछन् उनीहरूलाई शासकहरूदेखि डराउने काम छैन। तर ज-जसले अनुचित काम गर्दछन् उनिहरूलाई शासकहरूदेखि डराउनु पर्छ। के तिमीहरू शासकहरूका डरबाट मुक्त हुन चाहन्छौ? तब उचित काम गर, शासकहरूले तिमीहरूको प्रशंसा गर्नेछन्।
Nepali Tamang 2011
तिग्‍दा भिसम शासन लबा म्‍हिगदे म्राङ्सी ज्‍यबा गे लबा म्‍हिगदे आहिन, तर आज्‍यबा गे लबा म्‍हिगदे जे लोङ्‌मुला। तिग एनीगदे शासन लबा म्‍हिगदेदेन छ्‌याम आलोङ्ना चिबा सेम मुला? थेह्रङ् भिसम एनीगदेसे ज्‍यबा गे लउ। जमाहेन्‍से एनीगदेसे थेनीगदेग्‍याम स्‍याबास याङ्ला।