Romans 13:4 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने शासन गर्नेहरू परमेश्वरका सेवकहरू हुन् र उहाँले तिनीहरूलाई तिमीहरूको भलाइको लागि नै खटाउनुभएको हो। तिमीले खराब काम गर्छौ भने मात्र सरकारदेखि डराओ किनभने सरकारलाई दण्ड दिने अधिकार छ। सरकार त खराब काम गर्नेहरूलाई दण्ड दिने परमेश्वरको सेवक हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि तिम्रो भलाइको निम्ति तिनी परमेश्वरका सेवक हुन्। तर यदि तिमी खराबी गर्छौ भने डर मान, किनभने तिनले तरवार व्यर्थमा भिर्दैनन्। खराब काम गर्नेमाथि परमेश्वरको दण्ड ल्याउने तिनी परमेश्वरका सेवक हुन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि तिम्रो भलाइको निम्ति तिनी परमेश्वरका सेवक हुन्। तर खराब काम गर्छौ भने डर मान। किनकि शासकहरूले व्यर्थैमा तरवार भिरेका हुँदैनन्। तिनीहरू परमेश्वरका सेवकहरू हुन्, जसले अनुचित काम गर्नेहरूमाथि परमेश्वरको क्रोध ल्याउँछन्।
Nepali ERV (पवित्र बाइबल)
शासकवर्ग तिमीहरूलाई सहयोग गर्ने परमेश्वरका सेवक हुन्। तर तिमीले अनुचित काम गर्यो भने तिमी डराउँछौ। शासकसँग दण्ड दिने अधिकार छ अनि उसले यो अधिकार चलाउँछ। अनुचित काम गर्नेलाई दण्ड दिने उ परमेश्वरको सेवक हो।
Nepali Tamang 2011
तिग्दा भिसम शासन लबागदे परमेश्वरला गे लबा म्हिगदे हिन्ना। परमेश्वरसे एनीगदेदा ज्यबा लबारीन थेनीगदेदा धम्बा हिन्ना। एसे आज्यबा गे लजी भिसम जे थेनीगदेदेन छ्याम लोङ्गो। तिग्दा भिसम थेनीगदेदेन छ्याम सजाय पिन्बा अधिकार मुला। शासन लबा म्हिगदे चा आज्यबा गे लबा म्हिगदेदा सजाय पिन्बा परमेश्वरला गे लबा म्हिगदे हिन्ना।