Romans 13:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिर्नुपर्नेलाई तिर्नुपर्ने सबै कुरा तिरिदिनू, कर तिर्नुपर्नेलाई कर र भन्‍सार तिर्नुपर्नेलाई भन्‍सार तिरिदिनू। त्‍यसै गरी मान गर्नुपर्नेलाई मान गर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिर्नुपर्ने कुरा सबैलाई तिर— कर तिर्नुपर्नेलाई कर, महसूल तिर्नुपर्नेलाई महसूल, आदर गर्नुपर्नेलाई आदर, इज्‍जत गर्नुपर्नेलाई इज्‍जत गर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीले जसलाई दिनुपर्ने कुरा छ, चुक्ता गरिहाल: कर तिर्नुपर्दछ भने तिरीहाल; राजस्व दिनुपर्दछ भने देओ; यदि डर मान्‍नुपर्ने हो भने डर मान; यदि इज्जत गर्नुपर्ने हो भने इज्जत देओ।
Nepali ERV (पवित्र बाइबल)
तिमीले जे दिनुपर्छ सबै मानिसलाई देऊ। तिमीले जसलाई कर र महसूल तिर्नु परेको हुन्छ उसलाई तिर। आदर गर्नुपर्ने मानिसलाई आदर गर। सम्मान गर्नु पर्ने मानिसलाई सम्मान गर।
Nepali Tamang 2011
एनीगदेसे तिग तिग लदोमुला थे पूरा लउ, तिरो फातोःबा ग्‍लारी तिरो फागो ओच्‍छे मान लतोःबा म्‍हिदा मान लउ।