Romans 13:8 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर एक-अर्कालाई माया गर्नुबाहेक अरू कुनै कुरामा कसैको ऋणी नहोओ किनभने अरूलाई माया गर्नेले व्यवस्था पूरा गरिसकेको हुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आपसमा प्रेम गर्नुबाहेक कसैको केही कुरामा ऋणी नहोओ। किनकि आफ्नो छिमेकीलाई प्रेम गर्नेले व्यवस्था पूरा गरेको हुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पारस्परिक प्रेमबाहेक अरू कुनै कुराको निम्ति अरूको ऋणी नहोओ; किनकि जसले आफ्नो छिमेकीलाई प्रेम गर्दछ, त्यसले व्यवस्थालाई पूरा गरेको हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
तिमी कसैसँग ऋणी हुनु हुँदैन। तर तिमीहरू सधैं एका अर्कामा प्रेमको ऋणी हुनुर्पछ। जसले अरूलाई प्रेम गर्दछ उसले सम्पूर्ण व्यवस्था मान्दछ।
Nepali Tamang 2011
एनीगदेसे स्य्हान्दोला लागिरी लतोःबा तिगै गे बाँकी थाथान्गो, तर गिकसेम गिकदा माया लबारी चा खाइमै थाख्लागो। तिग्दा भिसम ह्राङला खिम्जेमदा माया लबा म्हिसे चा ठिमरी मुबा जम्मान ताम पूरा लबा हिन्ना।