Romans 14:10 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसो भए तिमीहरू आफ्नो ख्रीष्टियान भाइलाई किन दोष लगाउँछौ त? अनि किन आफ्नो भाइलाई होच्याउँछौ? हामी सबै परमेश्वरको न्यायालयमा खडा हुनेछौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमी किन आफ्नो भाइको इन्साफ गर्छौ? अथवा तिमी आफ्नो भाइलाई किन तुच्छ ठान्छौ? किनभने हामी सबै परमेश्वरका न्याय-आसनको सामने खड़ा हुनेछौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिमी किन आफ्नो दाजुभाइ वा दिदीबहिनीको न्याय गर्दछौ? अथवा तिनीहरूलाई किन तुच्छ ठान्दछौ? किनकि हामी सबै परमेश्वरको न्याय आसनको अगि उभिनेछौँ।
Nepali ERV (पवित्र बाइबल)
तब तिमी ख्रीष्टमा भाइ भनेर किन जाँच्छौ? अथवा तिमीले आफूलाई आफ्ना दाज्यु-भाइ भन्दा ठूला किन ठान्छौं? हामी सबैजना परमेश्वरका सम्मुख उभिनु पर्छ। अनि उहाँले हामीसबैलाई जाँच्नु हुन्छ।
Nepali Tamang 2011
थेह्रङ् भिसम, तिग्दा एनीगदेसे ह्राङला ज्योज्यो आले नाना आङागदेदा दोष लबा? ओच्छे तिग्दा थेनीगदेदा जजा म्हन्बा? तिग्दा भिसम परमेश्वरसे निसाफ लबा धुइरी य्हाङ जम्मान थेला ङाच्छापट्टि राप्तोःला।