Romans 14:13 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण हामी एक-अर्कालाई दोष नलगाऔं। हामी भाइहरूलाई कुनै ठेस लाग्‍ने वा पापमा पार्ने कुरा गर्नेछैनौं भनी अठोट गरौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण हामी एउटाले अर्कालाई अब उसो इन्‍साफ नगरौं। बरु आफ्‍नो भाइको बाटोमा ठेस लाग्‍ने कुरो अथवा बाधा पार्ने कुरो कहिल्‍यै नराख्‍ने अठोट गरौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण हामी एक-अर्काको न्याय गर्न छोडौँ। बरु आफ्नो मनमा दाजुभाइ वा दिदीबहिनीको बाटोमा बाधा हुने वा ठेस लाग्ने कुनै चीज नराख्ने सोच गरौँ।
Nepali ERV (पवित्र बाइबल)
यसैले एक अर्कालाई जाँच्ने काम बन्द गरौं। त्यसको सट्टामा तिमीले दाज्यु-भाइका वा दिदी-बहिनीका बाटोमा वाधा नहाल्ने वा केही त्यस्तो नर्गने निश्चय गर जसले गर्दा ती पाप गर्न तिर लग्लान्।
Nepali Tamang 2011
थेतबासेलमा य्‍हाङसे गिकसेम गिकदा दोष आलइ। बरु दाहेन्‍से ह्राङला ज्‍योज्‍यो आले नाना आङागदेदा न्‍होङ्ना लबा गे खाइमै आलबारी पक्‍का लइ।