Romans 14:15 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमी आफ्‍ना भाइलाई खाने कुरोले चोट पुर्‍याउँछौ भने तिमीले उसलाई माया गर्दैनौ। ख्रीष्‍टले आफ्‍नो प्राण दिएर बचाउनुभएको मानिसलाई तिम्रो खानेकुराले नाश नगरोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि तिमीले जे खान्‍छौ त्‍यस कुराले तिम्रो भाइलाई चोट पार्छ भने, तिमी प्रेममा चलेका हुँदैनौ। जुन भाइको निम्‍ति ख्रीष्‍ट मर्नुभयो, तिमीले खाएको कुराबाट उसको नाश नहोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि तिमीले खाएको कुराले तिम्रो दाजुभाइ वा दिदीबहिनीलाई उदास बनाउँछ भने तिमी प्रेममा जिएका छैनौ। तिमीहरूको भोजनको कारणले कसैलाई नाश नगर, जसको निम्ति ख्रीष्‍ट मर्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
केही खाँदैमा यदि तिमीले आफ्ना दाज्यु-भाइ दिदी-बहिनीको भावनामा चोट पुर्याउँछौ भने तिमीले प्रेमको बाटो पछ्याउँदैनौ। कसैले गलत संझेको खाना खाएर तिमीले उसलाई नष्ट गर्नु हुँदैन। ख्रीष्ट त्यस मानिसको लागि पनि मर्नु भयो।
Nepali Tamang 2011
एसे चबा स्‍हेसे लमा एला आलेला विश्‍वासदा ज्‍यबा आतनी भिसम एसे ह्राङला आलेदा माया लबा आरे। ख्रीष्‍टसे ह्राङला ज्‍याननोन पिन्‍सी सोना लबा एला आले एसे चबा स्‍हेसे लमा नाश थातगै।