Romans 14:22 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसो हुँदा यस बारेमा विश्वास तिमी र परमेश्वरको बीचमा राख। आफैंले ठीक ठहराएको कुरोलाई खराब नठानी गर्ने मानिस धन्य हुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीमा भएको विश्वास परमेश्वर र तिम्रो बीचमा राख। धन्यको हो त्यो मानिस, जसले आफूले उचित ठहराएका कुराको कारणले आफैलाई दोषी ठहराउनुपर्दैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण यसबारे तिमीहरू जे विश्वास गर्छौ, त्यो कुरा तिमी र परमेश्वरको बीचमा राख। त्यो मानिस धन्य हो, जसले आफूले स्वीकार गरेको कुराले आफूमाथि दोष ल्याउँदैन।
Nepali ERV (पवित्र बाइबल)
यी चिजहरूमा तिम्रो विश्वास परमेश्वर र आफूमाझ राख्नु पर्छ। अपराध बोध नगरी आफूले उचित ठहरयाएको काम गर्ने मानिस धन्य हो। उसलाई परमेश्वरबाट आशिष, प्रदान गरिन्छ।
Nepali Tamang 2011
एसे जुन विश्वास लबा मुला थे विश्वासदा एदेन परमेश्वर न्हङरी थान्गो। जुन म्हिसे चु ताम ठीक हिन्ना भिसी ह्राङला सेमरी तिगै आज्यबा आम्हन्ना पक्का लला थे म्हि ताङ्ला।