Romans 14:3 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सबै थोक खानेले सागपात मात्र खानेलाई होच्याउनुहुँदैन। त्यस्तै नखानेले खानेलाई दोष नलगाओस् किनभने त्यस कमजोर विश्वासीलाई पनि परमेश्वरले नै स्वागत गर्नुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
खानेले नखाने मानिसलाई तुच्छ नठानोस्, र नखानेले खानेलाई दोष नलगाओस्। किनभने परमेश्वरले त्यसलाई ग्रहण गर्नुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सबै चीज खाने व्यक्तिले नखानेलाई तुच्छ नठानोस्, र सबै नखाने व्यक्तिले पनि सबै खानेलाई दोष नलाओस्। किनकि तिनीहरूलाई परमेश्वरले ग्रहण गर्नुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
अनि जे पनि खान सक्छु भन्ने मानिसले त्यो साग-सब्जी मात्र खाने मानिस भन्दा उत्तम छु भनेर आफूलाई ठान्नु हुँदैन। अनि साग-सब्जी मात्र खाने मानिसले पनि सबै खाने मानिस गल्ती हो भनेर सोच्नु हुँदैन। परमेश्वरले ती दुवैलाई ग्रहण गर्नुहुन्छ।
Nepali Tamang 2011
एनी जम्मान स्हे चबागदेसे ढापढुप जे चबागदेदा जजा थाम्हन्गो। थेह्रङ् लसीन एनी आचबागदेसेनोन चबागदेदा दोष थालउ। तिग्दा भिसम चबा म्हिगदेदाएनोन परमेश्वरसे ह्राङला कोलागदे म्हन्बा मुला।