Romans 14:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अर्काको सेवकलाई दोष लगाउने तिमी को हौ? मालिकले पो सेवकले ठीक काम गरेको हो कि गलत काम गरेको हो, फैसला गर्नेछ। प्रभुले नै कमजोर सेवकहरूलाई पनि ठीक काम गर्न सहायता दिनुहुनेछ कारण प्रभुमा त्‍यसलाई सहायता गर्ने शक्ति छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अर्काको चाकरलाई इन्‍साफ गर्ने तिमी को हौ? त्‍यो त आफ्‍नै मालिकको सामु खड़ा हुन्‍छ वा पतित हुन्‍छ। त्‍यो खड़ा गराइनेछ, किनभने, त्‍यसका मालिकले त्‍यसलाई खड़ा गराउन सक्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अर्काको सेवकलाई न्याय गर्ने तिमी को हौ र? त्यस सेवकको स्थिरता वा पतन त्यसको मालिकको हातमा निर्भर हुन्छ। तिनीहरू स्थिर रहनेछन्; किनकि प्रभु तिनीहरूलाई स्थिर गराउन सक्षम् हुनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
तिमीले अरूको सेवकलाई जाँच्न सक्तैनौ। उसको स्वामीले मात्र त्यसको ठीक र बेठीकको निणर्य गर्नसक्छ। अनि परमप्रभुको सेवक ठीक बन्नेछ किनभने प्रभु तिनलाई ठीक बनाउनु सामर्थी हुनुहुन्छ।
Nepali Tamang 2011
स्‍य्‍हान्‍दोला नोकरदा दोष लबा ए खाल हिन्‍ना? थेला ह्राङलान मालिकसे गा नोकरसे ज्‍यबा गे लबा हिन्‍ना कि आज्‍यबा गे लबा हिन्‍ना भिसी निसाफ लला। प्रभुसेन ह्राङला म्‍हिगदेदा जम्‍मान गेरी ज्‍यबा तना लला। तिग्‍दा भिसम थेदा ह्रो लबा शक्ति प्रभुदेन छ्‌याम मुला।