Romans 14:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कुनै दिन मुख्‍य ठान्‍नेले परमेश्‍वरकै आदरको निम्‍ति ठान्‍छ, खानेले परमेश्‍वरकै आदरको निम्‍ति खान्‍छ किनभने उसले परमेश्‍वरलाई धन्‍यवाद चढाएर खान्‍छ। नखानेले पनि परमेश्‍वरलाई धन्‍यवाद चढाएर उहाँकै आदरको निम्‍ति खाँदैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जुन व्‍यक्तिले कुनै दिनलाई विशेष रूपले पालन गर्छ, त्‍यसले प्रभुको आदरको निम्‍ति पालन गर्छ। जुन व्‍यक्तिले खान्‍छ, त्‍यसले प्रभुको निम्‍ति खान्‍छ, किनकि त्‍यसले परमेश्‍वरलाई धन्‍यवाद दिन्‍छ। जुन व्‍यक्तिले खाँदैन, त्‍यसले परमेश्‍वरको आदरको निम्‍ति खाँदैन र परमेश्‍वरलाई धन्‍यवाद दिन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसले एक दिनलाई अरू दिनभन्दा विशेष दिन ठान्छ, त्यसले त्यो प्रभुको निम्ति गर्दछ। जो मांसहारी छ, त्यसले त्यो प्रभुको निम्ति खान्छ, र प्रभुलाई धन्यवाद दिन्छ; र जो शाकाहारी छ, त्यसले त्यो प्रभुको निम्ति खाँदैन, र प्रभुलाई धन्यवाद दिन्छ।
Nepali ERV (पवित्र बाइबल)
जसले एउटा दिन भन्दा अर्को दिन महत्वपूर्ण भनेर सोच्दछ उसले त्यो परमप्रभुको लागि सोंच्दैछ। अनि जसले सबै थोक खान्छु भन्छ त्यसले प्रभुको लागि खाँदैछ। हो, त्यस भोजनको लागि उसले प्रभुलाई धन्यवाद दिंदछ। अनि जसले केही थोक खान अस्वीकार गर्दछ जसले प्रभुकै लागि अस्वीकार गरिरहेछ। उसले पनि परमेश्वरलाई धन्यवाद दिंदछ।
Nepali Tamang 2011
खजिबै धिन‍दा ज्‍यबादेन मुल धिन हिन्‍ना भिसी म्‍हन्‍बा म्‍हिसे परमेश्‍वरदा मान लबाला लागिरी म्‍हन्‍बा हिन्‍ना। स्‍या चबा म्‍हिगदेसे चबा धुइरी परमेश्‍वरदा मान लमुला। तिग्‍दा भिसम थेनीगदेसे परमेश्‍वरदा धन्‍यवाद पिन्‍मुला। ओच्‍छे स्‍या आचबा म्‍हिगदेसेनोन आचबा धुइरी परमेश्‍वरदा मान लमुला। तिग्‍दा भिसम थेनीगदेसे परमेश्‍वरदा धन्‍यवाद पिन्‍मुला।