Romans 15:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
फेरि अगमवक्ता यशैयाले पनि आउनुहुने ख्रीष्‍टको बारेमा यसो भनेका छन्, “दाऊद राजाको वंशमा एक जना सन्‍तान आउनेछन्, उनी अन्यजातिका मानिसमाथि राज गर्न राजा हुनेछन् अनि अन्यजातिका मानिसहरूले आफ्‍नो आशा उनैमा राख्‍नेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र फेरि यशैया भन्‍दछन्, “यिशैको वंशबाट एक जना आउनुहुनेछ, उहाँले अन्‍यजातिहरूमाथि शासन गर्नुहुनेछ, उहाँमाथि अन्‍यजातिहरूले आशा राख्‍नेछन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि फेरि यशैयाले भन्दछन्, “यिशैको वंशमा एक जना सन्तान प्रकट हुनुहुनेछ, जो सबै राष्ट्रहरूमाथि शासन गर्न खडा हुनुहुनेछ; अनि उहाँमाथि गैरयहूदीहरूले आशा गर्नेछन्।”
Nepali ERV (पवित्र बाइबल)
अनि यशैयाले भनेका छन् “एकजना मानिस यस्सीका परिवारबाट आउने छन्। ती मानिसले अयहूदीहरूमाथि राज गर्नेछन्, अनि ती मानिसको कारणले गैर-यहूदीहरूले आशा प्राप्त गर्नेछन्।” यशैया 11:10
Nepali Tamang 2011
दोःसी यशैया अगमवक्तासेनोन चुह्रङ् भिसी पाङ्बा मुला, “यिशैला वंशग्‍याम म्‍हि गिक फेप्‍खला, थेसे अर्गु य्‍हुलला म्‍हिगदेथोरी शासन लला, ओच्‍छे अर्गु य्‍हुलला म्‍हिगदेसेनोन थेथोरी आश लला।”