Romans 15:13 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आशा दिने परमेश्वरमा तिमीहरूले विश्वास राखेका छौ। उहाँले नै तिमीहरूलाई आनन्द र शान्तिले भरिदेऊन्। त्यसै गरी पवित्र आत्माको शक्तिले तिमीहरूको आशा बढ्दै-बढ्दै जाओस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आशाका परमेश्वरले तिमीहरूलाई विश्वासद्वारा सम्पूर्ण आनन्द र शान्तिले भरिपूर्ण गरिदेऊन्, यस हेतुले कि पवित्र आत्माको शक्तिले तिमीहरू आशामा प्रशस्त हुन सक।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँमाथि विश्वास गरेको कारणले आशाका परमेश्वरले तिमीहरूलाई आनन्द र शान्तिले भरिदेऊन्, ताकि पवित्र आत्माको शक्तिद्वारा तिमीहरू आशामा प्रशस्त हुन सक।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले परमेश्वरमा विश्वास गर्ने हुनाले, परमेश्वर जो आशाको मुहान हुनुहुन्छ, उहाँले तिमीहरूलाई आनन्द र शान्तिले पूर्ण गरून्। तब तिमीहरूको आशा पवित्र आत्माको शक्तिद्वारा परिपूर्ण बन्नेछ।
Nepali Tamang 2011
आश तना लबा परमेश्वरदा विश्वास लबासे लमा थेसेन शान्ति पिन्सी एनीगदेदा पूरान ताङ्ना लगै। थेह्रङ् लसम एनीगदेसे लबा आश परमेश्वरला आत्माला शक्तिग्याम ल्हेबान निला।