Romans 15:16 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र मलाई ख्रीष्टको सेवक बनाउनुभएको छ। पुजाहारीले परमेश्वरको अघि मनपर्दो भेटी ल्याएजस्तै म पनि पुजाहारीको सेवा पूरा गर्दछु। अरूअरू जातिका मानिसहरूलाई परमेश्वरकहाँ ल्याउन र तिनीहरू पवित्र आत्माले चोखिएर परमेश्वरलाई मनपर्ने भेटी होस् भनी म परमेश्वरको सुसमाचार सुनाउँछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यो अनुग्रह अन्यजातिहरूका निम्ति परमेश्वरका सुसमाचारको पूजाहारीले गर्नुपर्ने कर्तव्य पालन गर्नलाई मलाई दिइएको हो, ताकि अन्यजातिहरू पवित्र आत्माद्वारा शुद्ध भएर ग्रहणयोग्य बलि बन्न सकून्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कि म गैरयहूदीहरूका लागि ख्रीष्ट येशूको सेवक हुन सकूँ। उहाँले मलाई परमेश्वरको सुसमाचार घोषणा गर्ने पुजारीको काम दिनुभएको छ, ताकि गैरयहूदीहरू पवित्र आत्माद्वारा शुद्ध पारिएका ग्रहणयोग्य भेटी हुन सकून्।
Nepali ERV (पवित्र बाइबल)
गैर-यहूदीहरूलाई सहयोग गर्नु भनेर परमेश्वरले मलाई ख्रीष्ट येशूका सेवक बनाउनु भएकोछ। उहाँको सुसमाचारहरू प्रचार गरेर मैले परमेश्वरको सेवा गरें। मैले यसो गर्नुको उद्देश्य गैर-यहूदीहरू परमेश्वरका ग्रहण योग्य बलिहरू बन्नि सकून् भन्ने हो। पवित्र-आत्माद्वारा तिनीहरू पवित्र पारिए।
Nepali Tamang 2011
परमेश्वरसे दयामाया लसी ङादा अर्गु य्हुलला म्हिगदेला गुङरी गे लबाला लागिरी ख्रीष्ट येशूला मुल चेला स्होजी। ओच्छे अर्गु य्हुलला म्हिगदे परमेश्वरला आत्माग्याम चोखो तसी परमेश्वरदा सेम निबा भेटी दोगै भिसी ङाइ परमेश्वरला मन्दिररी पूजा लबा म्हि ह्रङ्बा दोसी थार्बा पिन्बा समाचार थेःना लजी।