Romans 15:18 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ख्रीष्‍टले मेरो जीवनद्वारा गर्नुभएको कामको बारेमा मात्र बोल्‍ने आँट गर्छु। परमेश्‍वरलाई मान्‍न मैले अन्यजातिका मानिसहरूलाई मेरा काम र प्रचारबाट सिकाएको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने, वचन र कामले अन्‍यजातिहरूलाई आज्ञाकारी बनाउनलाई ख्रीष्‍टले मद्वारा जे गर्नुभएको छ, तीबाहेक कुनै विषयमा बोल्‍ने आँट म गर्दिनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले भनेका वचन र गरेका कामद्वारा गैरयहूदीहरूलाई परमेश्‍वरतर्फ आज्ञाकारी बनाउनका निम्ति ख्रीष्‍टले मद्वारा जे गर्नुभएको छ, त्योभन्दा बढी म अरू केही कुरा भन्‍ने आँट गर्दिनँ।
Nepali ERV (पवित्र बाइबल)
गैर-यहूदीहरूलाई परमेश्वरको आज्ञाकारी बनाउनमा वचन र कर्मद्वारा ख्रीष्टले मेरो मार्फत जे गर्नु भएको छ त्यसबारे मात्र बोल्ने आँट म गर्नेछु।
Nepali Tamang 2011
ख्रीष्‍टदा विश्‍वास लबा अर्गु य्‍हुलला म्‍हिगदेदा परमेश्‍वरसे कुल्‍बा अन्‍छार भ्रबा म्‍हि स्‍होबारी ख्रीष्‍टसे ङाग्‍याम लबा तामदेन गेला बारेरी जे ङाइ पाङ्‌बारी भङ लला।