Romans 15:24 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म त्यही बाटो भएर स्पेन जाँदा तिमीहरूलाई भेट्ने आशा छ। केही समय तिमीहरूसँग बिताउने इच्छा पनि छ। त्यस बेला तिमीहरूबाट स्पेन देशसम्म जाने मद्दत पनि पाउँछु होला।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म स्पेन जाँदा तिमीहरूलाई भेट्ने आशा राख्दछु, र तिमीहरूसँग केही समयसम्म सङ्गतिको आनन्द लिएपछि तिमीहरूले मलाई मेरो बाँकी यात्रामा मदत दिनेछौ भन्ने आशा राख्तछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म स्पेन जाँदा तिमीहरूकहाँ आउने योजना गर्दैछु। तिमीहरूलाई भेट्ने आशा राखेको छु, र तिमीहरूसँग केही समय सङ्गतिको आनन्द लिएपछि मेरो यात्रामा तिमीहरूको सहयोगको चाहना गर्दछु।
Nepali ERV (पवित्र बाइबल)
यसैले स्पेन जाँदा म तिमीहरूलाई भेट्ने आशा गर्छु। निश्चय, म स्पेन भएर जाँदाखेरि तिमीहरूलाई भेट्ने आशा गर्छु। केही बेर तिमीहरूका साथमा आनन्द मनाउने आशा गर्छु अनि त्यसपछि तिमीहरूले मेरो यात्रामा साथ दिन सक्छौ।
Nepali Tamang 2011
ङा स्पेन भिबा य्हुल्सारी निबा धुइरी एनीगदेदेन छ्याम चिसी तिगै धिनधोना संगती लबा सेम मुला। ओच्छे एनीगदेदेन छ्याम तिगै धिनधोना चिमाहेन्से ङा थेग्याम स्पेनरी निबा धुइरी एनीगदेसे ङादा ह्रो लला भिसी ङाइ म्हन्बा मुला।