Romans 15:27 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू आफैँले सहायता दिने इच्‍छा गरेका हुन्। वास्‍तवमा ती गरीबहरूलाई सहायता गर्नुपर्ने पनि हो किनभने उनीहरूबाट नै अरू मानिसहरूले आत्‍माले दिनुभएको आशिष् पाए। त्‍यसै गरी अरूहरूले पनि उनीहरूको खाँचोमा उनीहरूलाई सहायता दिनुपर्ने हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यो भेटी यिनीहरूले खुशीसाथ जम्‍मा गरेका थिए, र साँच्‍चै नै यिनीहरू तिनीहरूका ऋणी पनि छन्‌। किनकि यदि अन्‍यजातिहरू तिनीहरूका आत्‍मिक आशिष्‌हरूमा सहभागी भएका छन्‌ भने, यिनीहरूले पनि सांसारिक आशिष्‌हरूद्वारा तिनीहरूको सेवा गर्नुपर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूलाई यसो गर्न खुशी लाग्यो र तिनीहरू यो भेटीका निम्ति उनीहरूका ऋणी छन्; किनकि यदि यहूदीहरूका आत्मिक आशिष्‌मा गैरयहूदीहरू पनि सहभागी भएका छन् भने गैरयहूदीहरूका भौतिक आशिष्‌मा यहूदीहरूलाई पनि सहभागी गराउनुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
म्यासिडोनिया र अखैयाका विश्वासीहरू यरूशलेमका ती मानिसहरूलाई चन्दा दिएर सघाउन खुशी थिए। तिनीहरू सहयोग दिन खुशी थिए। वास्तवमा, यरूशलेमका गरीबहरूलाई मद्दत गर्न ती वाध्य छन्। यहूदीहरूको आत्मिक आशीर्वादमा सहभागी भएकाले ती गैर-यहूदीहरूले सघाउन पर्छ। त्यसैले तिनीहरूले आफ्ना भौतिक वस्तुहरू तिनीहरूलाई सघाउन उपयोग गर्नुपर्छ। यसको लागि तिनीहरू यहूदीहरूका ऋणी छन्।
Nepali Tamang 2011
चु टाङगा पिन्‍बारी थेनीगदेदा ल्‍हानान सेम मुबा। तर थेनीगदेसे यहूदीगदेदा पिन्‍बा टाङगा चा थेनीगदेसे फातोःबा छे ह्रङ्‌बान हिन्‍ना। तिग्‍दा भिसम अर्गु य्‍हुलला म्‍हिगदेसे याङ्बा स्‍वर्गला मोलम यहूदीगदेग्‍यामसे याङ्बा हिन्‍ना।