Romans 15:30 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाजुभाइहरू हो, हाम्रा प्रभु येशू ख्रीष्‍ट र उहाँको आत्‍माले दिनुभएको प्रेमको कारणले मेरो कष्‍टमा सहायता गरून् भनी मेरो निम्‍ति परमेश्‍वरसँग जोड-तोडले प्रार्थना गरिदिनुहोला भनी म बिन्‍ती गर्दछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भाइ हो, हाम्रा प्रभु येशू ख्रीष्‍ट र पवित्र आत्‍माको प्रेमद्वारा मेरो निम्‍ति परमेश्‍वरसँग प्रार्थना गर्न मसँग घोर प्रयत्‍न गर भनी म तिमीहरूलाई आग्रहपूर्वक बिन्‍ती गर्दछु,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा र पवित्र आत्माको प्रेमद्वारा म तिमीहरूलाई बिन्ती गर्दछु, मेरा लागि परमेश्‍वरसँग प्रार्थनाद्वारा मेरा सङ्घर्षमा सहभागी बन।
Nepali ERV (पवित्र बाइबल)
दाज्यु-भाइ र दिदी-बहिनीहरू, म तिमीहरूलाई बिन्ती गर्दछु, मेरो निम्ति परमेश्वरलाई प्रार्थना गरेर मलाई मेरो काममा सहयोग गर। हाम्रा प्रभु येशू ख्रीष्टको नाममा र पवित्र आत्माले दिने प्रेमद्वारा म यो विन्ती गर्दछु।
Nepali Tamang 2011
ज्‍योज्‍यो आले नाना आङागदे, य्‍हाङला प्रभु येशू ख्रीष्‍टदेन परमेश्‍वरला आत्‍मासे पिन्‍बा मायाग्‍याम ङाला लागिरी ङादेन छ्‌यामनोन परमेश्‍वरदेन छ्‌याम प्रार्थना लसी पिन्‍गो भिबा ङाला बिन्‍ती मुला।

Recommended Reading