Romans 15:4 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धर्मशास्त्रमा लेखिएको कुराले हामीलाई शिक्षा दिन्छ। हाम्रो आशालाई बढाउन धर्मशास्त्रको कुराले हामीलाई सहने शक्ति र उत्साह दिन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अघिअघि लेखिएका कुराहरू हाम्रो शिक्षाको निम्ति लेखिएका थिए, यस उद्देश्यले कि पवित्र-शास्त्रबाट आउने स्थिरता र उत्साहद्वारा हामी आशा प्राप्त गर्न सकौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि विगतमा जे लेखिए, त्यो हामीलाई शिक्षाका निम्ति लेखिएका थिए, ताकि हामीले धर्मशास्त्रहरूमा सिकाइएको धैर्यता र प्रोत्साहनको कारणले आशा प्राप्त गर्न सकौँ।
Nepali ERV (पवित्र बाइबल)
बितेका दिनहरूमा लेखिएका हरेक कुरो हामीलाई शिक्षा दिनु लेखिएको थिए। हामीले आशा गर्न सकौं भनेर नै ती लेखिएका थिए। धर्म शास्त्रबाट आउने धैर्य र बलबाट हामी आशा प्राप्त गर्न सकौं।
Nepali Tamang 2011
तिग्दा भिसम बचनरी भ्रिबा जम्मान तामगदे य्हाङदा लोप्बाला लागिरी भ्रिबा मुबा, चु बचनग्यामसेन य्हाङसे लबा आश याङ्बाला लागिरी जस्तोन दुख तसैनोन नाबारी आँट याङ्ला।