Romans 15:8 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[8-9] किनभने म तिमीलाई भन्दछु, परमेश्वर सत्य हुनुहुन्छ र हाम्रा पिता-पुर्खालाई दिनुभएको प्रतिज्ञा पूरा गर्न कहिले पनि चुक्नुहुन्न। यही कुरो बुझाउन र अन्यजातिका मानिसहरूले पनि परमेश्वरको दयाको लागि उहाँलाई प्रशंसा गरून् भनेर ख्रीष्टले यहूदीहरूको सेवा गर्नुभयो। धर्मशास्त्रमा यसरी लेखिएको छ, “यसैकारण म अन्यजातिको माझमा तपाईंको प्रशंसा गर्नेछु अनि तपाईंकै नाउँको स्तुति गाउनेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तिमीहरूलाई भन्दछु, हाम्रा पूर्वजहरूलाई दिइएका प्रतिज्ञाहरूको पुष्टि गर्नका निम्ति परमेश्वरको सत्यतालाई प्रकट गर्न ख्रीष्ट खतना भएकाहरूको दास बन्नुभयो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिमीहरूलाई भन्दछु, परमेश्वरको सत्यताका लागि ख्रीष्ट यहूदीहरूको सेवा गर्न आउनुभयो, ताकि हाम्रा पूर्वजहरूलाई दिइएको प्रतिज्ञा निश्चित हुन सकोस्।
Nepali ERV (पवित्र बाइबल)
म तिमीहरूलाई भन्दछु कि परमेश्वरको विश्वासनीयताको निम्ति र यहूदी पुर्खाहरूलाई आफूले दिनुभएको प्रतिज्ञालाई पक्का गर्नका निम्ति ख्रीष्ट यहूदीहरूका सेवक बन्नु भयो।
Nepali Tamang 2011
एनीगदेसे ङाला ताम ङ्यान्गो, येशू ख्रीष्टसे लबा गेसे परमेश्वर विश्वास लखम्बा परमेश्वर हिन्ना भिसी यहूदीगदेदा उन्बारी हिन्ना। ओच्छे येशू ख्रीष्टसे य्हाङला आखे म्हेमेदेन छ्याम लबा कबुल पूरा लजी।