Romans 16:17 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाजुभाइहरू हो, म तिमीहरूलाई बिन्ती गर्दछु, फाटो ल्याउने र मानिसको विश्वासलाई बिथोल्नेहरूदेखि होशियार होऊ। तिनीहरू तिमीहरूले पाएको शिक्षाको विरोध गर्छन्। त्यस्ता मानिसहरूको त संगत पनि नगर
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भाइ हो, म तिमीहरूलाई आग्रहपूर्वक बिन्ती गर्दछु, कि तिमीहरूलाई सिकाइएको धर्म-सिद्धान्तको विरुद्धमा फूट र बाधा-विघ्न सृष्टि गर्नेहरूलाई नजर राख, र तिनीहरूबाट अलग्गै बस।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दाजुभाइ-दिदीबहिनीहरू हो, म बिन्ती गर्छु, तिमीहरूका बीचमा फाटो ल्याउने र तिमीहरूले सिकेका कुराको विरुद्ध बाधा पुर्याउनेहरूसँग होसियार बस। तिनीहरूसँग टाढा बस।
Nepali ERV (पवित्र बाइबल)
दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, परस्परमा फूट ल्याउनेहरूसँग होशियार बस। अरूहरूको विश्वासमा बाधा ल्याउनेहरूसँग पनि होशियार बस। तिमीहरूले पाएको शिक्षाको उल्टो तिनीहरूले सिकाउँछन्। ती मानिसहरूबाट अलग बस।
Nepali Tamang 2011
ज्योज्यो आले नाना आङागदे, एनीगदेदा लोप्बा तामदा बिरोध लबादेन ह्राङसे ह्राङदान विश्वासी भिसी एनीगदेला विश्वासदा न्होङ्ना लबारी म्हाइबा म्हिगदे म्राङ्सी होशियार तसी चिउ। थेह्रङ्बा म्हिगदेला संगतनोन थालउ भिबा ङाला बिन्ती मुला।