Romans 16:18 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने यसो गर्ने मानिसहरूले ख्रीष्टको होइन तर आफ्नै पेटको पूजा गर्छन्। मीठामीठा शब्दहरू र चिप्ला कुराहरूले सीधा मानिसहरूलाई ठग्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने यस्ताहरूले ख्रीष्ट हाम्रा प्रभुको निम्ति होइन, तर आफ्नै पेटको निम्ति सेवा गर्दछन्, र तिनीहरूको मीठो-मीठो बोली र कुराले सीधासाधाहरूका हृदयलाई धोका दिन्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि यस्ता मानिसहरूले हाम्रा प्रभु ख्रीष्टको सेवा होइन, तर आफ्नै स्वार्थ मात्र पूरा गर्दछन्। निर्दोष हृदय भएका मानिसहरूलाई तिनीहरूका चिप्लो र फुर्काउने कुराहरूले बहकाउँछन्।
Nepali ERV (पवित्र बाइबल)
त्यस किसिमका मानिसहरूले हाम्रा प्रभु ख्रीष्टको सेवा गर्दैनन्। तिनीहरू आफ्नै खाँचोको निम्ति मात्र काम गर्दछन्। सीधा-साधाहरूलाई ती आफ्ना चिप्लो कुरा र खुशामदीले मूर्ख बनाउँदछन्।
Nepali Tamang 2011
तिग्दा भिसम थेह्रङ्बा म्हिगदेसे य्हाङला प्रभु येशू ख्रीष्टला लागिरी आहिन, तर ह्राङला फो न्हबाला लागिरी जे गे लमुला। ओच्छे ज्यबा ज्यबा ताम लसी सोजो म्हिगदेदा धोका पिन्मुला।