Romans 16:19 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूले गरेको आज्ञापालनको कुरा सबैले सुनेका छन्, यस कुरामा मलाई खुसी लागेको छ। तिमीहरू खराब काम गर्न नजान्ने तर असल काम गर्न सिपालु भएको म चाहन्छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूको आज्ञाकारिता सबै मानिसहरूमा जाहेरै छ, र तिमीहरूको कारण म आनन्द गर्दछु। तर म चाहन्छु, कि जे असल छ त्यसको निम्ति तिमीहरू बुद्धिमान् होओ, र जे खराब छ त्यसमा दोषरहित रहो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूको आज्ञाकारिताबारे प्रत्येकले सुनेका छन्। तिमीहरूको कारण म आनन्दित छु; तर म तिमीहरू असल काममा बुद्धिमान् र दुष्ट काममा निर्दोष रहेको चाहन्छु।
Nepali ERV (पवित्र बाइबल)
सबै विश्वासीहरू जान्दछन् कि तिमीहरूले परमेश्वरको आज्ञा पालन गर्दछौ। त्यही कारणले गर्दा म तिमीहरूसँग अत्यन्त खुशी छु। तर म चाहन्छु असल कुरामा तिमीहरू बुद्धिमानी बनिनुपर्छ। अनि दुष्ट कुरामा तिमीहरू अबोध बनिनुपर्छ भन्ने म चाहन्छु।
Nepali Tamang 2011
एनीगदे परमेश्वरसे कुल्बा अन्छार भ्रमुला भिबा ताम जम्मादान था मुला। चु म्राङ्सी ङाएनोन ल्हानान ताङ्बा मुला। थेह्रङ् लसीन ज्यबा ज्यबा तामला बारेरी एनीगदेसे बुद्धि याङ्गै तर आज्यबा तामला बारेरी तिगै था आतगै भिसी ङाइ म्हन्बा मुला।