Romans 16:2 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले धेरैलाई सहायता गरिन् र मलाई पनि ठूलो सहायता गरेकी छिन्। यसकारण तिमीहरूले पनि ख्रीष्‍टका पवित्र जनले झैँ प्रभुको नाउँमा उहाँलाई स्‍वागत गर र खाँचोमा उहाँको सक्‍दो सहायता पनि गर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तिमीहरूलाई निवेदन गर्दछु कि सन्‍तहरूलाई सुहाउने किसिमले तिनलाई प्रभुमा ग्रहण गर, र तिनलाई चाहिएको कुनै पनि सहायता तिनलाई देओ, किनकि तिनी आफैले धेरैको र मेरो पनि सहायता गरेकी छिन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनलाई प्रभुमा उहाँका सन्तहरूलाई सुहाउने तरिकाले ग्रहण गर भनी म तिमीहरूलाई बिन्ती गर्दछु, र तिनलाई कुनै पनि कुरामा तिमीहरूको आवश्यकता पर्‍यो भने सहायता गर। किनकि तिनी म लगायत धेरैका निम्ति सहयोगी बनेकी छिन्।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुका मानिसहरूलाई सुहाउँदो हिसाबले उनलाई प्रभुको नाउँमा उनले चाहेका कुरामा जसरी भए पनि सघाऊ। उनले मलाई खुबै सहयोग गरेकी छन् र उनले अरूहरूलाई पनि धेरै सघाएकीछन्।
Nepali Tamang 2011
थेसे ल्‍हानान म्‍हिगदेदा ह्रो लबा मुला ओच्‍छे ङादाएनोन ल्‍हानान ह्रो लबा मुला। थेतबासेलमा परमेश्‍वरला म्‍हिगदेदा मान लबा ह्रङ् लसी थेदाएनोन मान लउ। ओच्‍छे एनीगदेसे थेदा तिग तोःबा थे स्‍हेरी खम्‍तेधोना ह्रो लउ।