Romans 16:23 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
घरधनी गायसको समेत तिमीहरूलाई अभिवादन छ। गायसको घरमा भेला हुने मण्डलीको तर्फबाट पनि अभिवादन छ। यस सहरका कोषाध्यक्ष इरास्तस र क्वार्टस भाइले पनि तिमीहरूलाई अभिवादन भनेका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरा मेजमान र सारा मण्डलीलाई सत्कार गर्ने गायसले अभिवादन पठाएका छन्। तिमीहरूलाई अभिवादन छ। सहरका कोषाध्यक्ष इरास्तस र भाइ क्वार्टसले तिमीहरूलाई अभिवादन पठाएका छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
गायस, जसको पाहुनासत्कारले म र यहाँका पूरै मण्डली आनन्दित छौँ, उनले तिमीहरूलाई अभिवादन पठाएका छन्। यस सहरका कोषाध्यक्ष इरास्तस र हाम्रा भाइ क्वार्टसले पनि तिमीहरूलाई अभिवादन पठाएका छन्।
Nepali ERV (पवित्र बाइबल)
गायसले यहाँ मलाई साथै सम्पूर्ण मण्डलीलाई आफ्नो घर चालउनु दिइराखेका छन्। उनले पनि तिमीहरूलाई नमस्कार भनेका छन्। इरास्तस अनि हाम्रा भाइ क्वार्टसले पनि तिमीहरूलाई नमस्कार भनेका छन्। इरास्टस यस शहरका खजाञ्ची हुन्।
Nepali Tamang 2011
ङा चिबा दिमला धनी गायसदेन थेला दिमरी मुबा मण्डलीगदेसेनोन फ्याफुल्ला भिसी पाङ्बा मुला। ओच्छे चु शहरला कोष अध्यक्ष इरास्तसदेन आले क्वार्टससेनोन एनीगदेदा फ्याफुल्बा मुला।