Romans 16:26 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ख्रीष्टको बारेमा नबुझिने कुराहरू अब अगमवक्ताहरूले लेखेका किताबहरूमा सफासँग बुझ्न सकिने भएको छ। अब अनन्त परमेश्वरको धार्मिक आज्ञाअनुसार यही लुकेको सुसमाचार चारै दिशामा प्रचार गरिंदै छ। यसो गर्नाले सबैले विश्वास गरेर एकमात्र परमेश्वरलाई मान्न पाउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर अब अनन्तका परमेश्वरको आज्ञाअनुसार अगमवक्ताहरूका लेखाइद्वारा प्रकट गरिएको र जनाइएको छ, यस हेतुले कि सबै जातिहरूले विश्वास गरून् र आज्ञापालन गरून्—
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर अब अनन्तका परमेश्वरको आज्ञाअनुसार प्रकट गरिएको र अगमवक्ताहरूका लेखाइद्वारा थाहा गराइएको छ, ताकि सबै गैरयहूदीहरू विश्वासद्वारा आज्ञाकारी बनून्—
Nepali ERV (पवित्र बाइबल)
त्यो सुसमाचार गुप्त-सत्य जुन परमेश्वरले प्रकट गर्नुभयो। अनि त्यो गुप्त-सत्य अगमवक्ताहरूका लेखाईद्वारा हामीलाई ज्ञान गराइएकोछ। अनन्त परमेश्वरको आज्ञाले यो गुप्त-सत्य गैर-यहूदीहरूलाई ज्ञान गराइयो। यसले आज्ञाकारिता उत्पन्न गर्छ जुन विश्वासबाट आउँदछ।
Nepali Tamang 2011
थेतबासेलमा दान्दे चु जम्मान तामगदे अगमवक्तासे भ्रिबा तामगदेग्याम था याङ्ना लमुला। ओच्छे जम्मासेन विश्वास लसी परमेश्वरसे कुल्बा ताम ङ्यान्गै भिसी खाइमै म्हासी आनिबा परमेश्वरसे कुल्बा तामग्याम जम्मान य्हुलला म्हिगदेसे चु जम्मान ताम थेःबा मुला।