Romans 2:14 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अन्यजातिका मानिसहरूसँग यहूदीहरूको व्यवस्था छैन। तर तिनीहरूले स्वभावैले व्यवस्थाका कुरा पालन गर्छन्। यी पालन गरेका कुराले नै तिनीहरू आफैँ व्यवस्था हुन् भन्ने देखाउँछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि व्यवस्था नहुने अन्यजातिहरू स्वाभावैले व्यवस्थाअनुसारका काम गर्दछन् भने, तिनीहरूको व्यवस्था नभए तापनि तिनीहरू आफ्ना निम्ति आफै व्यवस्था हुन्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
वास्तवमा जब गैरयहूदीहरू व्यवस्थाविना पनि स्वभावैले व्यवस्थाअनुसार चल्दछन्, तब तिनीहरूमा व्यवस्था नभए तापनि तिनीहरू आफैँ व्यवस्था हुन्छन्।
Nepali ERV (पवित्र बाइबल)
गैर-यहूदीहरूसँग व्यवस्थानै छैन। तर जब उनीहरूले व्यवस्था अनुरूपका कुराहरू स्वभावतः गर्छन् भने तिनीहरूसँग व्यवस्था नभए ता पनि व्यवस्था भएकै बराबर हो।
Nepali Tamang 2011
अर्गु य्हुलला म्हिगदेदेन छ्याम परमेश्वरसे मोशादा पिन्बा ठिम आरे। तसैनोन थेनीगदे न्हङला कोइ कोइसे ह्राङला बानीबेहोरग्याम लबा गेगदे ठिमदेन छ्याम ढिक्बासे लमा थेनीगदे ह्राङनोन ठिम तेबान हिन्ना।